Logo
Logo

ठगी आरोपमा पुरुषोत्तम काफ्ले पक्राउ


10.8k
Shares

काठमाडौं । विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ने पक्राउ परेका छन् ।

प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको हो ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतको भनाई छ ।

सीआईबी स्रोतका अनुसार उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको हो ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्