Logo
Logo

चिनियाँ खर्बपति ज्याक मा नेपालमा


5k
Shares

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालमा आइपुगेका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । उनीसँग एउटा टोली पनि नेपाल आएको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए । उनी एसियाकै धनाढ्यमा पर्छन् । विश्वको ठूलो मध्येको एक इ-कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फेब्र्सकाअनुसार उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर रहेको छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए ।

इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्