काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक ड्यानका लागि दुईवटा ट्विनअटर जहाज किन्ने भएका छन् ।

निगम स्रोतका अनुसार दुई वटा ट्विनअटर जहाज किन्ने प्रस्ताव अध्यक्ष अधिकारीले बिहीबार बस्ने संचालक समितिको बैठकमा लैजाने भएका छन् । क्यानडाको होमिल्याण्ड कम्पनीसँग निगमले उक्त जहाज मन्त्रिपरिषद्को ठाडो निर्णयबाट खरिद गर्न लागेको हो । त्यसका लागि क्यानेडियन क्षत्रिय निर्देशक योगेश गर्ग दुई साता अघि नेपाल आएका थिए ।
स्रोतका अनुसार गर्ग र अधिकारीबीच जहाजको मूल्यका विषयमा ‘गोप्य’ सहमति भएको छ । मन्त्री किराती र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कमिसन बुझाउने शर्तमा उक्त जहाज खरिद गर्न लागिएको हो ।
नेपालको खरिद एनेअनुसार निगमले सोझै निर्माता कम्पनीसँग जहाज खरिद गर्न मिल्दैन । तर, अध्यक्ष अधिकारीले मन्त्री र प्रधानमन्त्रीलाई फसाउन मन्त्रिपरिषद्बाट जहाज किन्ने निर्णय गराउँदै छन् । जहाज किन्ने विषयमा केही चालकहरूको असहमति छ ।
सरकार ढल्ने हल्ला चलेसँगै जहाज किन्ने निर्णय छिटो गर्न लागेको निगम स्रोतले बताएको छ । निगमसँग भएको दुईवटा ट्विनअटर जहाज त समयमा मर्मत संहार गरेर सञ्चालन गर्न नसकेको अवस्थामा नयाँ खरिद गर्ने दुईवटा जहाज निगमका लागि सेतो हात्ती हुनेछ ।
त्यसै त निगम ५०औं अर्बको ऋणमा डुबेको छ । त्यसमाथि निगमसँग मौजात तीन अरब रुपैयाँले नयाँ जहाज खरिद गर्दा चारवटा एयरबस मर्मत गर्न पैसा अभाव हुने देखिन्छ ।














