Logo
Logo

बजेटबारे निर्णय गर्न असन्तुष्ट सत्तारुढ तीन दलको बैठक बस्दै


2.5k
Shares

काठमाडौं । सत्ता साझेदार दलको संसदीय दलको बैठक आज बस्दै छ । बजेटबारे निर्णय लिन आज बिहान १०:३० बजे तीन दलकाे संसदीय दलको बैठक बस्न लागेको हो ।

जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बिहान बस्ने संसदीय दलको बैठकले आज प्रतिनिधिसभामा पारितका लागि प्रस्तुत हुने बजेटकारे निर्णय गर्ने बताइएको छ । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेटको विषयमा निर्णय लिन लागेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० बजेट पास गर्ने तयारी छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्