Logo
Logo

बजेट पारित गर्न कांग्रेस र माओवादीको ह्विप


1.8k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरेको छ । आज (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा पारितका लागि प्रस्तुत गर्ने बजेटको पक्षमा मत दिन दलहरुले ह्विप जारी गरेको हो ।

गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेकाे बजेटप्रति सत्तागठबन्धका दलहरुले नै असन्तुष्टी जनाउँदै आएका छन् । कांग्रेस र माओवादीले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका हुन् ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बजेटमाथि असन्तुष्ट जनाउँदै आफ्नो धारणा बनाउन संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो ।

उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए । सरकारले बुधवारको बैठकबाट बजेट पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्