
काठमाडौं । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
चार दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका उपमहासचिव ल्याक्रोइक्सले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र संयुक्त राष्ट्र संघबिचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंगलबार नै उनले रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए ।














