Logo
Logo

आज पनि एमाले र रास्वपाले गरे संसद अवरोध


4.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने माग एमाले र रास्वपाका सांसदहरूको छ । मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए ।

तर यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइका रूपमा राख्ने प्रस्ताव गरेको थियो ।

यो प्रस्तावमा सत्तारूढ नेपाली कांग्रेसलगायत र प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले विरोध गरेपछि सरकार पछि हटेको थियो ।

बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्