सुर्खेत । कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । बुधबार प्रदेशसभाको १६औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने सूची थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाइँले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको आरोप लगाउँदै यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए ।

उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको बताउँदै बजेट निर्माणमा योजना आयोगबाटै बार्गेनिङ भएको बताउँदै आपत्ति जनाए । स्वयम् अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
एमालेले बैठक अवरोध गरेपछि सभामुख नन्दा गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।










