
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।बिहीबार बिहान अध्यक्ष तिमिल्सिना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
भेटमा उनले हालै चीन भ्रमणका क्रममा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । यस्तै उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।










