
काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद-बिक्री नगर्न अस्पतालका फार्मेसीहरूलाई निर्देशन दिएको छ ।
कतिपय अस्पतलका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनासो आएको भन्दै यस्तो निर्देशन दिइएको हो ।
विभागले आज एक विज्ञप्ती जारी गर्दै औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ ।
खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ ।











