
काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायी तथा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।
रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न प्रतिवन्ध लगाउनुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्यादती बन्द हुनुपर्ने लगायतका मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले बिहीबार काठमाडौंको सितापाइलामा भेला भएर ट्याक्सी, ट्रक र ट्यांकर लगायतका सवारी साधन सडकमा राखेर प्रदर्शनसहित रिङरोड परिक्रमा गर्दैछन् ।










