Logo
Logo

अहिले विचारविनाका पार्टीहरुको लहर चलेको छ : ओली


756
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारविनाका पार्टीहरुको लहर चलेको बताएका छन् । बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन् ।

‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । तर, अहिले एउटा लहर चलेको छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘विचार नचाहिने, बिनाविचार, विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’

उनले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको पनि बताए । ओलीले भने, ‘योगदान बिर्सिए हुन्छ, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर विनाइतिहास समाज यहाँ आएको छैन ।’

उनले धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको बताउँदै भने, ‘आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जान आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्