
काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको दोस्रो खेल अन्तर्गत आज नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
सो खेल नेपाली समय बिहान ७ः१५ बजेबाट सुरू हुँदैछ । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो ।
नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।










