Logo
Logo

आज सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै


2k
Shares

पोखरा । आज सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला हुँदैछन् । गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् । तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनको उपस्थिति अन्यौलमा परेको हो ।

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पछि उक्त भेला आज शुक्रबारका लागि बोलाइएको हो । सो भेला शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।

आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।

मुख्यमन्त्रीहरुको भेला कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज (शुक्रबार) पोखरा जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्