Logo
Logo

देशभर मनाइयो रोपाइँ दिवश (फोटोफिचर)


882
Shares

काठमाडौं । आज असार १५ गते । केही वर्षयता असार १५ लाई धान दिवस र रोपाइँ दिवशका रुवमा मनाइँदै छ । यस्तै, आजको पनि देशभर रोपाइँ दिवश मनाइँदैछ ।

नेपाल कृषिप्रधान देश हो । असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समयका रुपमा लिइन्छ । कृषिमा निर्भर नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरी खानका लागि यो महिनामा खेतीपातीमा व्यस्त हुन्छन् ।

पछिल्लो समय रोपाइँ दिवश सहरबजारमा समेत मनाइन थालिएको छ । गाउँघरमा भने आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोप्दै मनाइने गरिएको छ । पहिले पहिले बेठी लगाउने चलन भएपनि पछिल्लो समय धान दिवश अर्थात रोपाइँ दिवशलाई झारो टार्न गमलामा धान रोपेर मनाउने गरिएको छ । जसले वास्तविक किसानलाई गिज्याएको गुनासो समेत सुन्न थालिएको छ ।

देशको विभिन्न स्थान किसानहरूले धान रोपेर रोपाइँ दिवस मनाइरहेका छन् । तस्बिरहरू :

प्रतिक्रिया दिनुहोस्