Logo
Logo

आज श्री एयरलाइन्सका सबै उडान स्थगित


4.8k
Shares

काठमाडौं । श्री एयरलाइन्सले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।

उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।

शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्