काठमाडौं । जिबाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट ‘प्लेअफ’ चरणको आइतबार भएको खेलमा नेपालले यूएईको दोस्रो विकेट लिएको छ । स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् ।
सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काए । सन्दीपले २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराएका हुन् । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।

यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । पहिलो ओभरको दोस्रो बलमै करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो ।
यस्तै, नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ ।
अमेरिकाविरुद्घको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १० औं वरीयता प्राप्त गर्नेछन् ।














