Logo
Logo

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र पेभेलियन फर्किए


2.5k
Shares

काठमाडौं । आईसीसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि आयरल्यान्डविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

जिम्बावेको हरारेमा जारी म्याचमा नेपालले १२ ओभार तीन बलमा ४४ रनको अवस्थामा ज्ञानेन्द्रलाई गुमाएको हो । क्रेग योङको उत्कृट आउट स्विङ बल ज्ञानेन्द्रको ब्याटको एज लिँदै विकेट किपरको ग्लोब्समा पुग्यो ।

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्डविरुद्ध ज्ञानेन्द्रले आफ्नो अनुभव सदुपयोग गर्न सकेनन् । जारी प्रतियोगितामा उनले दोस्रोपटक मौका पाएका थिए । १३ बल खेलेका उनले एक चौकाको सहायतामा सात रन बनाए ।

अहिले क्रिजमा ओपनर अर्जुन साउद र कप्तान रोहितकुमार पौडेल छन् । अर्जुनले ४४ बल सामना गर्दै एक छक्का र दुई चौका सहायताले २४ रन बनाएका छन् ।

यसअघि नेपालले आठौँ ओभरमा २७ रनको स्थितिमा कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । क्रेग योङको पहिलो ओभरको पहिलो बलमै संयम गुमाउँदा कुशल भुर्तेल आउट हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्