
काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पहिलो खेल पाकिस्तानको ‘ए’ टिमसँग खेल्दैछ । खेल नेपाली समय अनुसार श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा बिहान १०ः १४ बजेबाट सुरु हुनेछ ।
नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा ।











