
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















