
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।
कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपटिछ सो विषयमा छलफल गर्न बैठक आज संसदीय दलको बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । आफ्ना सांसद् पक्राउलाई लिएर पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको विश्कर्माले बताए।
यस्तै बैठकमा संसदमा भइरहेको अवरोधका विषयमा पनि छलफल हुने बताइएको छ।














