काठमाडौं । जनमत पार्टीका प्रमुख सचेतक अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् उनले सोमबार १० बजे सपथ लिने भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाएर साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । जनमतकी साहलाई माओवादीको कोटाबाट मन्त्री बनाइन लागेको हो ।
यसअघि मोदीलाई फिर्ता बोलाएर साहलाई आजै मन्त्रीमा नियुक्त गर्ने र सपथ गराउने तयारी गरिएको थियो । तर, माओवादीको बैठकले ढिला निर्णय गरेपछि शपथ भोलि सोमबारका लागि तोकिएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार साहको शपथ भोलि बिहान १० बजे हुनेगरी तय भएको छ ।














