Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले वृद्धि



काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४५.८५ अंकमा पुगेको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्