Logo
Logo

राष्ट्र बैंकले २५ जनालाई वित्तीय साक्षरता प्रशिक्षकको तालिम दिने


819
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षकको तालिम प्रदान गर्ने भएको छ । केन्द्रिय बैंकले वित्तीय चेतना अभिवृद्धि गरी वित्तीय क्षेत्रमा समावेश गर्ने उद्देश्यले २५ जनालाई तालिम दिने भएको हो ।

यसैबीच राष्ट्र बैंकले तालिम सञ्चालनका लागि ट्रेनिङ अफ ट्रेनर्स (टीओटी)का लागि आवेदन माग गरेको छ। तालिम लिन मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापनमा वा जनप्रशासनमा स्नातकोत्तर तह वा मान्यताप्राप्त शैक्षिक संस्थाबाट सीए , एसीसीए सीपीए परीक्षा उतीर्ण गरेको हुनु पर्दछ ।

यस्तै प्रशिक्षकको तालिमका लागि वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव गरेको हुनु पर्दछ । बैंकको तालिममा सहभागी हुन इच्छुकले भदौ २१ गतेसम्म राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी अनलाइन आवेदन दिनु पर्ने छ ।

तालिम असोज २१ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अनुसार तालिम अवधिका लागि आवास वा अन्य भत्ता प्रदान गरिने छैन । आवेदकको शैक्षिक योग्यता, अनुभव तथा विशेष योग्यता र आवेदनमा प्राप्त विवरणको मूल्याङ्कनको आधारमा सहभागी छनौट गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्