
काठमाडौं । पूर्वसचिव भीम उपाध्यायविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।
करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।
आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।
घटनाबारे उजुरी दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनले थप अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने बताए ।














