Logo
Logo

दिप्लीघाटको पुलमा बाढीले क्षति पुर्यायो


504
Shares

This image has an empty alt attribute; its file name is image-75-768x384.png

काठमाडौं । बाढीले सोलुखुम्बुको दिप्लीघाटमा रहेको पुलमा क्षति पुर्याएको छ ।

केहि दिनदेखि परेको निरन्तरको वर्षापछि आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्ली र सोताङ गाउँपालिका–१ खोर्दाको सिमानामा रहेको बेलीब्रिजमा क्षति पुगेको हो ।

पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको र पुल नजिकै रहेको एउटा डोजर, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको छ । खोलामा जलसतह बढिरहेकाले थुलुङ दुधकोशी–८ तर्फको तीन घर जोखिममा परेका छन् ।

पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारिका सोताङ र महाकुलुङ जाने गाडी रोकिएका छन् । पुलमा क्षति पुगेपछि कोशी पारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, ओखलढुंगा, काठमाडौंलगायतका लागि छुटेका गाडी अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्