Logo
Logo

मेगा स्टक मार्केटस् लिमिटेडको उद्घाटन



काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडको औपचारिक शुभारम्भ गरिएको छ । 

मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई शुभारम्भ गरेको हो ।

आज होटल एलोफ्तमा आयोजना भएको एक समारोहमा कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपाल, प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि, सिडिएस एण्ड क्लियरिङ्ग लि, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्तालाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । 

धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्‍याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराइएको थियो । 

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्दि«त हुने, पूँजीबजारको विकासमा टेवा पु¥याउने विश्वास समेत व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्