Logo
Logo

आजबाट मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बिक्री खुला



काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले आजदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले १ः ०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यसमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आवेदकले यस हकप्रदमा मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्