Logo
Logo

देशको अर्थतन्त्र लयमा फर्किँदैछ : प्रधानमन्त्री


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाङ्क पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचत रहेको जानकारी दिए। साथै विदेशी विनिमय संचिति पनि गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई आगामी दश महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्