Logo
Logo

क्यानको आम्दानी १३ अर्ब ३९ करोड ६५ लाख


378
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को आम्दानी ८३ प्रतिशतले बढेको छ । क्यानले गत आर्थिक वर्ष ०७९–८० मा १३ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ कमाएको हो । उसको आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ३३ करोड रुपैयाँमा सीमित थियो ।

क्यानले अनुमान गरे अनुसार भने आम्दानी नभएको जनाएको छ । कोभिडको वर्ष २०७७÷७८ मा क्यानको कमाइ २ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको थियो ।

हवाइ उडान बढेका कारण आफ्नो आम्दानी बढेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । यस्तै १५ महिनाअघि लागू विमानस्थल सेवा शुल्क सम्बन्धी नयाँ नियमावलीका कारण पनि क्यानको आम्दानी बढेको हो ।

कोभिडयताको चार वर्षमा क्यानले कुनै वर्ष पनि अनुमान अनुसार आम्दानी गरेको छैन । यो ४ वर्षमा अनुमान गरेभन्दा १६ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कम आम्दानी भएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्