Logo
Logo

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला


2.1k
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुैयाँमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस्