Logo
Logo

विष्णु रेग्मी नारायणी डेभलपमेन्ट बैंकको सीईओ नियुक्त


945
Shares

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ रेग्मीले आज असोज ८ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए ।

प्रतिक्रिया दिनुहोस्