Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

युरो १ को खरिद दर १४१ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ८९ पैसा छ । त्यस्तै युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ २२ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ८२ पैसा छ । यता क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०९ पैसा छ ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६६ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९७ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २४ पैसा छ ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३० पैसा छ ।

यसैगरी मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ । यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्