
काठमाडौं । काठमाडौंमा आन्दोलनरत राहतका शिक्षकहरुसँग आज (मंगलबार) नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत राहत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।
वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।
विधेयकविरुद्ध गत असोज ३ गतेदेखि आन्दोलन गर्दै आाएका शिक्षक महासंघको नेतृत्व र सरकारबीच असोज ५ गते सहमति भएको थियो । सहमतिसँगै शिक्षक महासंघले आन्दोलन स्थगित गरेका थिए । तर उक्त सहमतिमा असन्तुट जनाउदै राहतका शिक्षकहरुले भने काठमाडौंमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।