Logo
Logo

जनकपुरमा नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम


252
Shares

जनकपुर । नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा साक्षरता कार्यक्रम गरेको छ । 

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायले ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा साक्षरता कार्यक्रम गरिएको हो । जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरूको सहभागिता थियो । 

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा  नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्वबारे प्रकाश पारेका थिए । 

उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पु¥याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए । 

त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा  प्रस्तुति दिएका थिए । उनले शेयर बजारको महत्त्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड  दिए । 

उनले धितोपत्र बजारमा हुने जोखिम,  बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । 

नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले  सहभागीहरूको जिज्ञासाको जवाफ दिएका थिए । यसबाहेक, उनले सहभागीहरूलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिए । 

सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरू आईपीओ  आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्