
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
युरो १ को खरिद दर १४१ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ७८ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ १४ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ५१ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १९ पैसा तोकिएको छ ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९९ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९५ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २९ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ २० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।
यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन फरक हुन्छ ।












