Logo
Logo

फोटो



त्यो फोटो
जहाँको होस्, मेरो मुलुकको
सुन्दर, अति सुन्दर !
धरतीको अति सुन्दर
केवल मेरो मुलुक
प्रकृतिको उन्मुक्त हाँसो,
नदीको नागबेली चलबल
सगर चुमेका हिमशिखर
सृष्टिकलाको मधुरनाद
झङ्कृत भएको मेरो माटो
जङ्गलमा जनावरहरूको कृडाबाट
निस्केका छन्दोबद्ध गुञ्जन
पवित्र जलले सिञ्चित पवित्र थलो
यो तपोभूमिमा श्वास प्रश्वास गर्न
अझै आउने जाने गर्दछन्
महान् आत्मा, परमात्मा, सृष्टिदाताहरू
त्यहीँ हो यो गाउँ, यो ठाउँ
हामी सबैको मिलन, सम्मिलन

प्रतिक्रिया दिनुहोस्