काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियाविरूद्ध छटौँ विकेट लिएको छ ।
मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मलेसियाविरुद्ध नेपालका लागि गुल्सन झाले पाँचौ विकेट लिए । उनले मलेसियाका सैयद अजिजलाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।

यसैगरी कप्तान रोहित पौडेलले चौथो र सन्दीप लामिछानले तेस्रो विकेट लिएका थिए । पौडेलले उनले मलेसियाका शर्विन मुनिन्दीलाई आउट गराए । सन्दीपले विरनदीप सिंहलाई ४ रन बनाउँदा एलबिडब्लूको धरापमा पारे ।
त्यसअघि नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो । नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे । अर्को ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो ।
समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।














