
काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले ओमानको दुई विकेट लिएको हो । ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् भने दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।
करणले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए भने साेमपालले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।
करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए ।














