
काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीच जारी खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
गुल्सन झाले तेस्रो विकेटका रुपमा प्रतिक अथवालेलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका हुन् । झाले यो ओभरमा १२ रन दिएर विकेट लिए । नेपालका लागि सोमपाल कामी र करनले केसीले १-१ विकेट लिएका छन् ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।














