
काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले ओमानको चौथो विकेट लिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानको चौथो विकेट सोमपाल कामीले लिएका हुन् ।
उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट हो । सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको छ ।














