Logo
Logo

सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट


1.2k
Shares

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । ओमानले १३ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।

त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन्। लामिछानेले लगातारको दुई बलमा दुई विकेट लिएका हुन् ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। नेपालका लागि हालसम्म करण केसी एक विकेट, सोमपाल कामीले दुई र गुलशन झा एक र सन्दीपले दुई विकेट लिएका हुन्।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्