
काठमाडौं । आइसिसी टी(२० विश्वकप एसिया छनोट अन्तर्गत समुह एको फाइनल खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १४५ बनाएपछि नेपालले १४६ रनको लक्ष्य पाएको हो ।
ओमानका लागि कप्तान विसन मक्सुदले ३२ रन बनाए भने प्रतिक अथाभालेले २५ रन बनाए । त्यस्तै नसिम खुशीले २५ रन बनाउँदा आयान खानले १८ रन बनाएका थिए । त्यस्तै ओपनर कश्यप प्रजापति ८ रनमा आउट हुँदा अकिब इलियास २ रनमा आउट भए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २र२ तथा र अविनाश बोहोरा र गुल्सन झाले १र१ विकेट लिएका छन् ।














