Logo
Logo

युएईविरुद्ध नेपाललाई चौथो सफलता, कुशलले लिए विकेट


945
Shares

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले चौथो विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले चौथो विकेट लिएको हो ।

चौथो सफलताको रुपमा कुशल मल्लले विकेट लिएका छन् । कुशलको बलमा युएईका अलीशान शराफू आउट भएका छन् ।

यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान आउट भएका थिए ।

हालसम्म युएईले १३.४ ओभर खर्च गर्दै ८८ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्