Logo
Logo

युएईविरुद्ध नेपाललाई छैटौँ सफलता


1.4k
Shares

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले छैटौँ विकेट लिएको हो ।

छैटौँ सफलताको रुपमा सन्दीप लामिछानेको बलमा नेपालले अर्को विकेट लिएको हो । सन्दीपको बलमा युएईका बासिल हमिद आउट भएका छन् ।

यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान र कुशल मल्लको बलमा अलीशान शराफू आउट भएका थिए । त्यसैगरी, रोहित पौडेलको बलमा युएईका अली नसीर आउट भएका छन्

हालसम्म युएईले १७.५ ओभर खर्च गर्दै ११८ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्