काठमाडौं । आईसीसी टी-२० विश्वकपमा पुग्ने यूएईविरुद्धको निर्णायक खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई यूएईका बलर निलान्श केशवानीले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले तीन ओभरमा २६ रन बनाएको छ ।
यूएईले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।














