Logo
Logo

बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा


2.6k
Shares

काठमाडौं । ओमानले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाएको छ । काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटको सहज जित निकाल्दै ओमानले टी–२० विश्वकपमा स्थान बनाएको हो ।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो । यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । अहिले जारी नेपाल र यूएईबीच खेलको विजेतासँग ओमानले फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्