Logo
Logo

कप्तान रोहितले भने- निकै गर्व लागिरहेको छ


882
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै कप्तान पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफुहरु भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।

नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए । विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।

प्रतिक्रिया दिनुहोस्