काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ ।

यू-१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो ।
समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।














