
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आज (बिहीबार) हुँदैछ। विशेष साधारणसभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा आज बिहान ८ बजे हुन लागेको हो।
साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दैछन् । गत भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फाका ४९ सदस्यले अविश्वास प्रस्ताव राखेका थिए ।
उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धराशायी बनाउन लागिपरेको र उनीहरू पदमा रहे नेपाली फुटबल क्षेत्र तहसनहस हुने बताएका छन्।
साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा अध्यक्ष र महासचिव बर्खास्त हुन सक्ने प्रावधान छ।














